इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले फुलहामलाई हरायो
माघ १४, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री शेरबहादुर देउवासँग जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आज बिहीवार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार उहाँहरूबीच आउँदा दिनमा हुनसक्ने सहकार्यका विषयमा छलफल भएको थियो । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा तराई–मधेसको नयाँ शक्तिका रूपमा स्थापित जनमत पार्टी सत्तारूढ गठबन्धनसँग सहकार्य गर्न तयार रहेको बुझिएको छ ।
यसअघि नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि र डा. राउतबीच भेटवार्ता भएको थियो । प्रतिनिधि सभा सदस्यमा डा. राउतले सप्तरी क्षेत्र नं २ बाट ३५ हजार ४२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यस्तै समानुपातिकतर्फ याे पार्टीले अहिलेसम्म तीन लाख ९४ हजार दुई सय ७६ मत प्राप्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।