घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
खोटाङ - खोटाङमा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
आइतवार बिहान साकेला गाउँपालिका–४ मात्तिम मानेभञ्ज्याङबाट दिक्तेलका लागि छुटेकाे बा ३ ख १८९५ नम्बरको बस साकेला गाउँपालिका–४ मात्तिम बिर्ताको कामिसरामा पल्टिँदा सहचालकसहित चार जना घाइते भएका हुन् ।
ब्रेक फेल भएर सडकमा बस पल्टिँदा साकेला गाउँपालिका–३ खिदिमाका दिपेन्द्र तामाङ, कल्पना राई, ऐँसेलुखर्क गाउँपालिकाकी ईन्दिरा पुरी र शारदा नगरपालिका सल्यानका सहचालक मिलन मगर घाइते भएका हुन् । ब्रेक पाइप फुटेपछि हावा लिक भएर बस पल्टिएको चालक सुदन विकले बताउनुभयो ।
टाउको, कान लगायतका ठाउँमा चोटपटक लागेका घाइतेलाई घट्नास्थलमै स्वास्थ्यकर्मी बोलाएर प्राथमिक उपचार गरिएको छ । घाइतेको अवस्था सामान्य रहेको छ । पाँच जना यात्रु रहेकाे बस सडकमै पल्टिएको हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।