घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल उद्योग वाणिज्य महासङ्घको प्रतिनिधिमण्डलले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर अर्थतन्त्र जोगाउन सहकार्य एवम् समन्वयका लागि आग्रह गरेको छ ।
महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घको टोलीले अर्थतन्त्रमा बहुआयामिक असर परेको र मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले समेत समस्या सम्बोधन गर्न नसकेकोतर्फ ध्यानाकर्षण गराएको छ । अर्थमन्त्रीसँगको भेटवार्ताका क्रममा महासङ्घका अध्यक्ष गोल्छाले राजस्वले साधारण खर्चसमेत धान्न नसक्ने अवस्था आएको, मूल्यवृद्धि सात वर्षयताकै उच्च रहेको र निजी क्षेत्र सङ्कुचित हुँदै गएको भन्दै विभिन्न सुझाव पनि प्रस्तुत गर्नुभएको छ ।
महासङ्घले अनिवार्य नगद अनुपात सीआरआरलाई एक प्रतिशत विन्दुले कम गर्नुपर्ने, सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरि तरलता व्यवस्थापनका उपाय अवलम्बन गर्नुपर्ने, पुँजीगत खर्च बढाएर आर्थिक चहलपहल बढाउनुपर्ने र वैदेशिक लगानी आकर्षित गर्नका लागि बजेटमा उल्लेखित स्वचालित प्रक्रिया कार्यान्वयन गर्नुपर्ने माग गरेकाे छ । यस्तै निजी क्षेत्र तथा बैंकहरूले विदेशबाट ऋण लिन सहजीकरण एवम् प्रोत्साहन गर्नुपर्ने, उत्पादनमूलक उद्योगलाई अन्य व्यवसायभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई तत्काल लागू गर्नुपर्ने लगायतका माग महासङ्घका छन् ।
भेटमा अर्थमन्त्री शर्माले महासङ्घले अर्थतन्त्रको जोखिम कम गर्न सुधारका लागि गरेको निरन्तरको पहललाई आफूले निकै सकारात्मकरूपमा लिएको बताउनुभयो । यस्तै उहाँले सरकार पनि यसमा गम्भीर रहेकाले महासङ्घले दिएको सुझावअनुसार नै सरकार, केन्द्रीय बैंक र निजी क्षेत्र सहकार्य गरी अगाडि बढ्न मन्त्रालयको सहयोग रहने विश्वास दिलाउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।