विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा
माघ २५, २०८१ शुक्रबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् काठमाण्डाै क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाण्डाै महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गर्नुभएको छ ।
आज मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उहाँले काठमाण्डाै महानगरपालिकाबाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्याउने गरि व्यवस्थापन गर्न आग्रह गर्नुभएको हो । उहाँले मेलम्ची खानेपानी आयोजनामा अहिलेसम्म ६५ अर्ब रुपैयाँभन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाण्डाैवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख स्राेतकाे व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताउनुभयो ।
नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको बताउनुभयो । उहाँले मलेम्चीको पानी काठमाण्डाै आइसक्यो भनेर मात्रै छोड्न नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षाको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।
नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाण्डाैमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।