काठमाण्डौमा स्रोतमै फोहर वर्गीकरण गर्ने काम रोकियो

 मंसिर २१, २०७९ बुधबार ७:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – झण्डै पाँच महिनाअघि काठमाण्डौ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगित भएको छ । गएको साउन १ गतेदेखि काठमाण्डौ महानगरपालिकाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै फोहोर उठाउन सुरु गरेको थियो ।

सुरुको एक दुई हप्ता योजना अनुसार काम भए पनि यसले निरन्तरता भने पाउन सकेन ।   महानगरका मेयर बालेन्द्र शाहको सचिवालय सदस्य सुनिल लम्सालले ठाउँ अभावका कारण यो कार्यले निरन्तरता पाउन नसकेको बताउनुभयो । खुला ठाउँको अभाव भएकाले केन्द्र सरकासँग एकै ठाउँमा कम्तीमा दुई सय रोपनी जग्गा उपलब्ध गराउन महानगरले माग गरेको छ ।

महानगरलाई कानुनीरुपमा आफ्नो क्षेत्रभन्दा बाहिर जग्गा अतिग्रहण गर्ने अधिकार छैन । त्यसैले केन्द्र सरकारलाई आग्रह गरिएको उहाँले बताउनुभयो । ठाउँ पहिचान भएसँगै महानगरले कुहिने फोहरको प्रयोग गरी मल बनाउने तयारी गरेको छ ।

हरेक दिन काठमाण्डौ उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर बञ्चरेडाँडामा अन्तिम विसर्जन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी महानगरको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट दुई सय गाडीले फोहर ओसार्छन् । काठमाण्डौ उपत्यकाको १८ पालिकाको फोहर दैनिकरूपमा बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ । 
 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया