लगातार तेस्रो दिन पनि शेयर बजार राताम्मे, कारोबार रकम भने बढ्यो

 मंसिर २१, २०७९ बुधबार १५:२६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन आज बुधवार पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अङ्कले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । बजार घटे पनि कारोबार रकम भने बढेको छ । दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ६७ करोड रुपैयाँ र शिवम् सिमेन्टको शेयर १३ करोड ८५ लाख रुपैयाँमा किनबेच भएको छ ।

आज नदीप लघुवित्तको शेयर १० प्रतिशत र ग्लोबल आईएमई बैंकको शेयर साढे नौ प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि खप्तड लघुवित्तको शेयर छ प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया