चिनियाँ राष्ट्रपति सी तीन दिने भ्रमणका लागि साउदी अरबको रियादमा

 मंसिर २२, २०७९ बिहीबार ७:५:१८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनका राष्ट्रपति सी जिनपिङ साउदी अरबको भ्रमणमा जानुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ राजधानी रियाद पुग्नुभएको छ ।

यो भ्रमण विशेष गरी ऊर्जा सम्बन्धमा केन्द्रित रहेको  चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बताउनुभएको छ ।

राष्ट्रपति सीको साउदी अरब भ्रमण अमेरिकासँगको महिनौँको तनावपछि हुन लागेको हो । व्यापार तनाव र ताइवानबारे अमेरिकी धारणाका कारण चीन र अमेरिकाबीचको सम्बन्ध विगत केही समयदेखि तनावपूर्ण छ। कच्चा तेलको प्रमुख निर्यातकर्ता साउदी अरब र चीन कोभिड महामारी र रुस–युक्रेन युद्धका कारण देखिएको विश्वव्यापी आर्थिक उथलपुथल साथै भूराजनीतिक पुनःमिलनको समयमा आफ्नो सम्बन्ध विस्तार गर्न उत्सुक देखिएका विश्लेषण गरिएको छ ।

सन् २००५ देखि २०२० को बीचमा अरब क्षेत्रमा चिनियाँ लगानीको २० प्रतिशतभन्दा बढी हिस्सा साउदी अरबले ओगटेको थियो । साउदी अरब र चिनियाँ अधिकारीहरूले भ्रमण कार्यसूचीको बारेमा थोरै मात्रै जानकारी दिएका छन् । यद्यपि सरकारका निकट साउदी विश्लेषक अली शिहाबीले ‘धेरै सम्झौतामा हस्ताक्षर हुने’ सङ्केत गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया