खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - सानिमा बैंकले हिजाे बुधवार विभिन्न कार्यक्रम गरी आफ्नो १८औँ वार्षिकोत्सव मनाएको छ ।
हिजाे केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रम आयाेजना गरी कम्पनीले वार्षिकोत्सव मनाएकाे हाे । बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले दश वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैंकलाई सफल बनाउन सहयोग गर्ने बैंकका सञ्चालक समिति, व्यवस्थापन समूह लगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरुमा कृतज्ञता व्यक्त गर्नुभयो ।
साथै, आउँदाे दिनमा बैंकले आफ्ना कर्मचारीका लागि देश तथा विदेशमा विभिन्न प्रशिक्षण तथा तालिमको व्यवस्था मिलाउने उहाँले जानकारी गराउनुभयो । यस कार्यले कर्मचारीहरुको वृत्ति विकास भइ गुणस्तरीय कार्यसम्पादनमार्फत् ग्राहक सेवामा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
वार्षिकोत्सवको अवसरमा बैंकले काठमाण्डौमा सामुदायिक सेवा केन्द्र–नारायणचौर, नक्सालको सहकार्य तथा ब्लड डोनर एसाेसिएशन नेपाल (ब्लोदान) र कान्तिपुर अस्पताल, तीनकुनेको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा बैंकका कर्मचारी तथा अन्य स्थानीय रक्तदाताहरुको उल्लेखनीय सहभागिता रहेकाे थियाे । त्यसैगरी आउँदाे साल पुष ९ गतेसम्म देशका सातै वटा प्रदेशमा रहेका शाखाहरुमार्फत रक्तदान कार्यक्रम सञ्चालन गर्ने प्रबन्ध मिलाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।