रुसले युक्रेनमा पहिलो पटक अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र...
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज विभिन्न अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको नेपाली लघु चलचित्र ‘जुन्को’ प्रदर्शन हुँदैछ ।
मिन्सो लिम्बुको लेखन र निर्देशन रहेको १४ मिनेट लामो यस चलचित्रले कामका लागि भारततिर लागेका पतिको पर्खाइमा रहेका श्रीमती र छोरीको कथा समेटेको छ ।
अघिल्लो वर्ष ग्रीसको ड्रामा अन्तर्राष्ट्रिय लघु फिल्म महोत्सवबाट यात्रा सुरु गरेको ‘जुन्को’ इटलीको प्रतिष्ठित टोरिनो चलचित्र महोत्सव, स्विट्जरल्यान्डकाे फ्रिबौर्ग फिल्म महोत्सव, एस्टोनियाको ब्ल्याक नाइट्स, अमेरिकाको वासिङ्गटन डीसी फिल्म महोत्सवलगायत १९ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रदर्शन भइसकेको छ ।
राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चलिरहेको किम्फमा आज सेनाको चेली, विलय, राइज, बाघको बङ्गारा लगायतका चलचित्र पनि प्रदर्शन हुँदैछ । अस्ति बिहीवार ‘बाघको बङ्गरा’को प्रिमियरसँगै किम्फ सुरु भएको हो।
हिजो दोस्रो दिन १३ वटा चलचित्र प्रदर्शन गरिएको थियो । पर्सिसम्म चल्ने किम्फमा ३० देशका ६० फिल्म प्रदर्शन गर्ने तालिका छ । हिमाल एसोसिएशनको आयोजना र काठमाण्डौ महानगरपालिकाको सहआयोजनामा किम्फ भइरहेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।