घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले चुनावमा समानुपातिक समावेशिताको विषय कानूनी र प्राविधिक विषय मात्रै बन्नु दु:खद् भएको जनाएको छ ।
शनिवार ७४ औँ राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोगले यस्तो जनाएको हो । आयोगले समावेशितालाई संविधानअनुसार अंगीकार गरी कार्यान्वयनमा ल्याउनु सरकार, राजनीतिक दल र सबै सरोकारवालाहरुको दायित्व भएको आयोगका अध्यक्ष तपबहादुर मगरले बताउनुभयो । अध्यक्ष मगरले लैङ्गिक हिंसा, जातीय विभेद तथा छुवाछुतका घटनाहरुमा पीडितको न्यायमा सहज पहुँच हुन नसकेको बताउनुभयो ।
उहाँले फौजदारी कसुरका आरोपी तथा पुर्पक्षमा रहेका व्यक्ति र आयोगले मानव अधिकार उल्लंघनमा दोषी भनि कारबाहीको लागि सिफारिस गरेका व्यक्तिलाईसमेत राजनीतिक दलहरुले उम्मेदवार बनाउने अवस्थाले विधिको शासन र मानव अधिकारका मूल्य, मान्यता र संस्कृति निर्माणमा चुनौती थपेको बताउनुभयो । उहाँले नेपालको संविधानले परिकल्पना गरेबमोजिम समानुपातिक र समावेशी सिद्धान्तको आधारमा समतामूलक समाजको निर्माण गरी मानव अधिकार उपभोगको वातावरण बनाउन, लक्षित तथा सिमान्तकृत वर्गको मानव अधिकारको सुनिश्चितता गर्ने, गराउने कार्यमा उपलब्धिहरु हासिल गर्न राज्यका सबै अंगहरुको मानव अधिकारप्रतिको बुझाइमा एकरुपता र प्रतिवद्धता सहितको सक्रियता र परिचलन आवश्यक रहेको बताउनुभयो ।
उहाँँले संवैधानिक प्रावधान र सर्वोच्च अदालतको आदेशका बाबजुद आयोगले दोषीलाई मुद्दा चलाउनु भनि गरिएका सिफारिस कार्यान्वयन गर्न प्रष्ट कानूनी व्यवस्था हुन नसक्नु चुनौतीको विषय रहेको पनि उल्लेख गर्नुभयाे ।
यस्तै अध्यक्ष मगरले राष्ट्रिय मानव अधिकार आयोग एैन, २०६८ नेपालको संविधान अनुकुल हुनेगरी संशोधन हुन नसकेको पनि बताउनु भयो । उहाँले पेरिस सिद्धान्तको मर्मअनुरुप आयोगको आर्थिक स्वायत्तता सुनिश्चित हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय मानव अधिकार संस्थाहरुको विश्वव्यापी सञ्जाल गान्ह्रीको एससीएले गरेको सिफारिस कार्यान्वयन गर्नसमेत सरकारलाई आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।