राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्षलाई ‘मानार्थ महारथीको दर्ज्यानी...
मंसिर ६, २०८१ बिहिबार
आफ्नो सन्तानको भविष्यप्रति कुन अभिभावककाे चासाे नहाेला ? आफ्ना छोराछोरीको उज्ज्वल भविष्यप्रति कुन अभिभावक गम्भीर नहोलान् ?
म २०७७ सालको एसईई पास आउट । सिधै भन्नुपर्दा कोरोना ब्याच । विश्व कोरोना भाइरसले बिरामी थियो । त्यसकारण हामीले भौतिक उपस्थितिको सट्टा अनलाइनबाटै एसईई दिएका थियौं । नतिजा पनि राम्रै आयो । ३.५५ को साथ प्रथम श्रेणीमा परीक्षा उत्तीर्ण गरेँ । आमाबुबाको अनुहारमा खुशी छायो । छिमेकी र आफन्तजन सबैले बधाईका साथ एउटै प्रश्न सोध्न थाले, ‘अब के पढ्छौ ?’
सम्पूर्णलाई म लजाउँदै ‘के हुन्छ, अब हेरौँ’ भनेर कुरा टुङ्ग्याउँथें ।’
एकदिन आमाले पनि त्यही प्रश्न सोध्नुभयो, ‘अब के पढ्छौ बाबु ?’
मैले आफूले मानविकी पढ्न चाहेको कुरा आमालाई सुनाएँ । आमाले मानविकी किन पढ्ने भनेर सोध्नुभयो । सायद ३.५५ जीपीए ल्याएको देखेर आमाले यस्तो सोध्नुभएको थियो होला । किनकी यति अंक ल्याउने मेरा अरु साथीहरु कोही विज्ञान, आईटी त कोही व्यवस्थापन संकाय पढ्ने तयारीमा थिए । आमाको अपेक्षा पनि मैले विज्ञान वा आईटी पढोस् भन्ने नै थियो ।
मैले उत्तर दिएँ, ‘मलाई त्यसमा इच्छा छैन, राम्ररी आउँदैन ।’
एकछिनपछि आमाले भन्नुभयो, ‘नपढ बाबु मानविकी बरु दाइले जस्तो छिटो र धेरै पैसा कमाउने बाटो खोज ।’
आमाको यो कुरा सुन्दा मानविकी पढेर देशको सेवा गर्न र आफ्नो देशमा केही गरी बसौँ भनी सपना बोकेको मेरो दिमाग डगमगियो ।
एकचोटी आफैंले आफैलाई सोधेँ, ‘के गर्छस् त ? पढछस् त आईटी ?’
मन र मस्तिष्कबीच द्वन्द्व चल्यो । मनलाई मेरो खुशी र सन्तुष्टि चाहिएको थियो भने मस्तिष्कलाई भविष्यको चिन्ता थियो । मस्तिष्कले भविष्यमा आइपर्ने परिस्थितिलाई प्राथमिकता दिएको थियो ।
आमाको त्यही कुराले मेरो मन र मस्तिष्कको दृष्टिलाई भताभुङ्ग पारिदियो । यस्तै खाले विभिन्न प्रश्नप्रति अनेक विचार मनमा उब्जन थाले ।
राम्रो श्रेणीमा एसईई उत्तीर्ण भएसँगै समाज परिवर्तन र नयाँ समाजको विकासको बाटोमा यो मन हिँडिसकेको थियो । यस्तै, नाम प्रतिष्ठा र इज्जतको दौडमा भने मस्तिष्क दौडिरहेको थियो । करिब एक महिनापछि परिवारका सब्बै सदस्यहरु भेला भएका थियौं । जुन प्रश्नको उत्तर दिँदादिँदै म थाकिसकेको थिएँ, त्यो दिन मेरो दाइले पनि त्यही प्रश्न सोध्नुभयो ।
‘अँ भन्, अब के पढ्छ्स् ?’
मैले फिस्स हाँस्दै भनेँ, ‘दाइ म मानविकी पढ्छु, पत्रकारिता लिएर ।’
दाइले भन्नुभयो, ‘यो पनि माइक र क्यामेरा समात्दै हिँड्ने झोले हुनेभयो ।’
तर जे हाेस् मेराे परिवारले मेराे इच्छाअनुसार पढ्न सहमती जनायाे । म मानविकी पढ्ने भएँ ।
अनेक अवसरका तालहरुमा डुबुल्की मारेको यो मेरो मनले अहिले मानविकी संकाएमा पत्रकारिता विषयको माछा जालमा पारेको छ । म पनि यसैमा रमाएकाे छु ।
मेराे चाहनामा अहिले मेराे परिवारले पनि साथ दिएकाे छ । पहिले दाइले जस्तै पैसा कमाउने विषय आईटी पढ भन्नुहुन्थ्याे आमाले । अहिले त आमा पनि खुसी हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, 'पैसाकाे चिन्ता नगर । राम्ररी पढ है बाबु ।'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
जेनिश कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ ।
Manisha lamichhane
Jan. 21, 2023, 8:20 p.m.I love his explanations and his aim . Great future ahead. This is a reality story of everyhouse . You are a great example of doing what you want to do .
Rakshya Bhandari
Dec. 27, 2022, 1:33 p.m.Good one bhai
Harish Hona
Dec. 11, 2022, 6:19 p.m.Written good my friend. Wishes for your bright future!