घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
पर्सा – पर्सा जिल्लाको ठोरी गाउँपालिका ३ काे ठुटेखोला ईलाकाबाट सशस्त्र प्रहरीले ठूलाे मात्रामा लागूपदार्थ गाँजासहित एक ट्रक नियन्त्रणमा लिएकाे छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा बिओपी ठोरीले हिजाे करीब ३ सय ६३ किलाे गाँजा र गाँजा बोकेको ट्रक नियन्त्रणमा लिएको हाे । मकवानपुरको हेटौंडाबाट पर्साको विजयबस्तीतर्फ जाँदै गरेको ना ४ ख ६५५५ नम्बरको ट्रक नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरीका अनुसार ट्रकमा फल्स वटन प्रयाेग गरेर २२ वटा कार्टुनमा प्याक गरी लैजाँदै गरेको अवस्थामा गाँजा र ट्रक नियन्त्रणमा लिएको हो । ट्रकका चालक भने प्रहरीलाई देख्नासाथ ट्रक त्यही ठाउँमा छाडेर फरार भएकाे प्रहरीले जनाएकाे छ ।
बरामद गाँजा तथा ट्रकलाई आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।