शेयर बजार सामान्य घट्याे, ७२ कराेड ७८ लाख रुपैयाँकाे काराेबार

 मंसिर २८, २०७९ बुधबार १५:५७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ६२ अङ्कले घटेर १ हजार ८ सय ९७ दशमल ०८ विन्दुमा झरेको छ ।

आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत्, लगानी र निर्माण तथा प्रशोधनबाहेक सबै समूहको शेयर घटेको छ । आज २ सय ४६ वटा कम्पनीको २० लाख ८७ हजार कित्ता शेयर ७२ करोड ७८ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको पाँच करोड ३९ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी नेपाल लघुवित्त र इस्टर्न हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया