तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षाको सम्भावना, बिहान लागेको तुवाँलो दिउँसो हट्ने

 पुष २, २०७९ शनिबार ७:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - आज तीन वटा प्रदेशमा दिनभर नै मौसम बदलीको सम्भावना छ ।

प्रदेश एक, बाग्मती र गण्डकी प्रदेशमा दिनभरि नै मौसम बदली हुने र केही ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हिरा भट्टराईले जानकारी दिनुभयो । यी प्रदेशका सबै ठाउँमा नभइ केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । अहिले देशका धेरै ठाउँमा बाक्लो तुवाँलो लागे पनि दिउँसो भने तुवाँलो हट्ने उहाँको भनाइ छ ।

यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रमा आज हल्का हिमपातको पनि सम्भावना रहेको छ । राति पनि प्रदेश एक र बाग्मतीमा आंशिक बदलीको सम्भावना रहेको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया