झण्डै एक हप्तादेखि अवरुद्ध भएको राहदानी सेवा सञ्चालनमा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज २७ दशमलव ५४ अङ्कले घटेर १ हजार ८ सय ५५ दशमलव ०६ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
नेप्से घटेकाे दिन दुई सय ५० वटा कम्पनीकाे ३७ लाख ७८ हजार कित्ता शेयर एक अर्ब १५ करोड ७१ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कृषि विकास बैंकको शेयर छ करोड २५ लाख रुपैयाँमा किनबेच भएको छ ।
आज पिपुल्स हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशत तथा महालक्ष्मी विकास बैंक र मञ्जुश्री फाइनान्सको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि इष्टर्न हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशत, ग्लोबल आईएमई ब्यालेन्स फन्डको शेयर साढे नौ प्रतिशत र धौलागिरि लघुवित्तको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।