घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - नेपालमा कुल ऊर्जा खपतको ३ प्रतिशतमात्रै नवीकरणीय ऊर्जाको उपयोग भइरहेको तथ्याङ्कले देखाएको छ । जलविद्युत् ऊर्जालाई समेत समेट्दा कुल ऊर्जा खपतको ८ प्रतिशत नवीकरणीय ऊर्जा उपयोग हुँदै आएको छ ।
कुल खपतको झण्डै ६५ प्रतिशत हिस्सा अहिले पनि जैविक ऊर्जाको छ भने २७ प्रतिशत आयातित खनिज इन्धन खपत भइरहेको तथ्याङ्क छ । खनिज इन्धनको उच्च प्रयोगले देशको आर्थिक भार बढेको छ ।
खनिज इन्धनको प्रयोगलाई क्रमशः घटाउँदै जलविद्युत्, सौर्य ऊर्जालगायत नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउँदा आर्थिक, वातावरणीय र मानवीय स्वास्थ्यलगायत बहुआयामिक क्षेत्रमा नेपाललाई फाइदा पुग्ने काठमाण्डौमा भैरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागीले जोड दिएका छन् । नवीकरणीय ऊर्जा प्रयोग तथा जलवायु परिवर्तनबारे भइरहेका अन्तर्राष्ट्रिय अभ्यास, सिकाइ र अनुभव आदानप्रदान गर्ने उद्देश्यले काठमाण्डौमा हिजोदेखि अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
‘शतप्रतिशत नवीकरणीय ऊर्जा : नीति, अभ्यास र अनुभव’ विषयक अन्तर्राष्ट्रिय सम्मेलन आज सकिनेछ । विश्वका अन्य देशहरूमा ऊर्जाका क्षेत्रमा प्रयोग गरेका नवीनतम प्रविधि र प्रयोगहरूका बारेमा जान्न र सिक्नका लागि यो सम्मेलन फलदायी हुने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले बताउनुभयो ।
नेपाल सरकारले सन् २०४५ सम्ममा कार्बन उत्सर्जनलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । सम्मेलनमा अन्तर्राष्ट्रिय/राष्ट्रिय गैरसरकारी सङ्घसंस्थासँगै दक्षिण एसिया, दक्षिणपूर्वी एसिया, अफ्रिका र युरोपका १६ देशबाट ७० भन्दा धेरै प्रतिनिधिको सहभागिता छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।