घाेडाघाेडी–११ ले डडेल्धुरालाई १ विकेटले हरायाे
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका मापदण्ड विपरीतका परिचय पार्टी अर्थात् साइन बोर्ड नराख्न र राखेको भएमा १५ दिनभित्र हटाउन पुनः अनुरोध गरेको छ ।
महानगरको राजस्व विभागले आज सूचना निकालेर महानगरपालिका क्षेत्रभित्र व्यापार गर्ने सङ्घ, संस्था, वित्तीय संस्था, सरकारी तथा गैह्र सरकारी निकायले आफ्नो व्यवसाय वा कार्यालय परिसरमा राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न र राखेको भएमा हटाउन आग्रह गरेको हो ।
व्यवसाय वा कार्यालयको पहिचान दिन राखिने साइन बोर्ड ३० वर्ग फिटभन्दा ठूलो नराख्न तथा राखेको भए हटाउन पटक पटक आग्रह गरिएकोमा अटेर गरी राखेको पाइएको समेत महानगरले जनाएको छ ।
सूचनालाई अवज्ञा गरी सम्बन्धित पक्षले त्यस्ता परिचय पाटी नहटाएमा महानगरपालिकाको टोलीले हटाइ त्यसबापत लागेको खर्च समेत सम्बन्धित पक्षबाट नै असुल उपर गर्ने चेतावनी दिएको छ । साथै महानगरपालिका क्षेत्रमा व्यवसाय वा कार्यालयले परिचय पाटी राख्दा वार्षिक रूपमा रकम बुझाउनुपर्ने र त्यसको दररेट पनि उल्लेख गरेको छ ।
६ वर्ग फुटसम्मको एउटा मात्र साइन बोर्ड राख्दा वार्षिक ५ सय, १५ वर्ग फुटसम्म एक साइन बोर्ड राख्न पाइने र त्यसको एक हजार ५ सय तथा १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रति वर्ग फुट एक वटा मात्र राख्न पाइने र त्यसमा प्रति वर्ग फुटको एक हजार लाग्नेछ ।
त्यसअनुसार १६ वर्ग फुटको १६ हजार, १७ वर्ग फुटको १७ हजार गरी क्रमशः वर्ग फुट अनुसार शुल्क तिर्नुपर्नेछ । त्यस्तै ३० वर्ग फुटको ३० हजार रुपैयाँ वार्षिक रुपमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।