शेयर बजार १४ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड रुपैयाँको कारोबार

 पुष ५, २०७९ मंगलबार १५:२३:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १४ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ७३ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा बीमा, माइक्रोफाइनान्स होटल र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । दुई सय ५७ वटा कम्पनीकाे ३० लाख २२ हजार कित्ता शेयर ९३ करोड आठ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको छ करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सृजनशील लघुवित्त, आँधीखोला लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको शेयर आज सबैभन्दा धेरै पाँच प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया