काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
चीनसँगको विवादित सीमा क्षेत्रमा भारतले सैनिकको संख्या बढाएको छ । तनावग्रस्त क्षेत्रमा त्यसअघि परिचालित सैनिकको सङ्ख्या थप गर्दै अहिलेसम्मकै सबैभन्दा धेरै पुर्याइएको भारतीय विदेशमन्त्री एस जयशङ्करले बताउनुभएको छ । तर थपिएको सैनिक संख्या खुलाइएको छैन ।
विदेशमन्त्री जयशङ्करले चीन एक्लैलाई सीमाको यथास्थितिमा परिवर्तन ल्याउन नदिने समेत बताउनुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अरुणाचल राज्यमा केही दिन अघि भारत र चीनका सैनिकहरूबीच झडप भएपछि भारतीय विदेशमन्त्रीको पछिल्लो प्रतिक्रिया आएको हो ।
चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । झडप भएको सीमा क्षेत्र अहिले शान्त रहेको छ । दुई देशले शान्ति कायम राख्नेबारे छलफल गरिरहेका छन् । भारत र चीनबीच अरुणाञ्चल प्रदेशकाे ३ हजार ४ सय ४० किलोमिटर सीमा क्षेत्रमा विवाद छ ।
सन् २०२० मा लद्दाख क्षेत्रको गलवान उपत्यकामा भएको झडपमा २० भारतीय सैनिक र चार चिनियाँ सैनिकको ज्यान गएको थियो । भारतले सैनिक थपेको जनाएपनि चीनले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।