क्लासिक टेक पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारीमा

 पुष ६, २०७९ बुधबार १५:२५:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले पब्लिक लिमिटेड कम्पनीमा जाने अन्तिम तयारी गरिरहेको छ । कम्पनीले पब्लिक लिमिटेड कम्पनीमा जानका लागि आवश्यक प्रक्रियाहरू अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । 

कम्पनी पब्लिक लिमिटेडमा रूपान्तरण भएपछि सर्वसाधारणका लागि शेयर जारी गर्नेछ । क्लासिक टेक सन् २००९ मा स्थापना भएको कम्पनी हो । अहिलेसम्म ७४ जिल्लाका एक सय छ आउटलेट तथा शाखाबाट इन्टरनेट तथा इन्ट्रानेट सेवा प्रदान गर्दै आएको छ । 

कम्पनीले अन्य विभिन्न ठाउँमा आफ्नो सेवा विस्तार गर्ने र उचित मूल्यमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य राखेको छ । यससँगै कम्पनीले नेपालभर रहेका शाखा कार्यालयमा दुई हजारभन्दा बढी व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष राेजगारी प्रदान गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया