ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई तेक्वान्दो सङ्घलाई खारेज गरी नयाँ सङ्घ गठन गरेपछि विवाद सुरु भएको छ ।
राखेपले अस्ति मङ्गलवार तेक्वान्दो, उसु र शारीरिक सुगठन सङ्घ पुनर्गठन गरेको थियो । राखेपले पुनर्गठित नेपाल तेक्वान्दो सङ्घको अध्यक्षमा सङ्घका पूर्व उपाध्यक्ष प्रदीप जोशीलाई संयोजक र अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई महासचिवको जिम्मेवारी दिएको छ । यसअघि दुई तेक्वान्दो सङ्घ अस्तित्वमा थिए । खारेज गरिएको सङ्घका अध्यक्ष प्रकाश शम्शेर राणा नेतृत्वको पदाधिकारीले तेक्वान्दो भवन छाड्न अस्वीकार गरेपछि विवाद देखिएको छ ।
राणा नेतृत्वको सङ्घले राखेपको निर्णयविरुद्ध कानुनी उपचार खोज्ने समेत जनाएको छ । राखेपले पुनर्गठित उसु सङ्घको अध्यक्षमा जनक बर्तौला र महासचिवको जिम्मेवारी नवराज ढुंगानालाई दिएको छ । नेपाल शारीरिक सुगठन सङ्घमा भने सहमतिमा नै कार्यसमिति पुनर्गठन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।