खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन गर्न र उनीहरूले यस क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्न एनसेलले 'वुमन आइकन आईसीटी अवार्ड' प्रदान गर्ने भएको छ ।
भाेलि शुक्रवार (पुस ८ गते) द सोल्टी काठमाण्डाैमा आयोजना हुने नेपालकै प्रतिष्ठित आईसीटी अवार्डको ग्रान्ड फिनाले कार्यक्रममा एनसेलले याे अवार्ड प्रदान गर्ने भएको हो । 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' विजेतालाई तीन लाख रुपैयाँ नगद पुरस्कार र सम्मानपत्र प्रदान गरिने जनाइएको छ ।
एनसेलले विगत दुई वर्षदेखि सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा लागेका महिलालाई सम्मान र उत्प्रेरित गर्न 'वुमन आइकन आईसीटी अवार्ड' प्रदान गर्दै आएको छ । गएकाे वर्ष नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधान 'एनसेल वुमन आइकन आईसीटी अवार्ड' बाट सम्मानित हुनुभएकाे थियाे ।
महिलालाई सूचना प्रविधिको क्षेत्रमा प्रोत्साहन तथा उनीहरूले यो क्षेत्रमा पुर्याएको योगदानको कदर गर्न कम्पनीको विविधता, समानता र समावेशीकरण अर्थात् डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) नीति अनुरूप एनसेलले आईसीटी अवार्डमा आवद्ध भइ यो अवार्ड प्रदान गर्दै आएको छ ।
भाेलि शुक्रवार साेल्टी हाेटलमा सरकारी र निजी क्षेत्रका उच्च व्यक्तित्वको सहभागितामा आईसीटी अवार्डको ग्रान्ड फिनाले हुँदैछ । फिनालेमा वुमन आइकन सहित १२ बढी विधामा आईसीटी अवार्ड वितरण गरिँदैछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।