शेयर बजार आज खासै घटबढ भएन, एक अर्ब १२ करोड रुपैयाँको कारोबार

 पुष ७, २०७९ बिहीबार १५:२१:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव शून्य एक अङ्कले घटेर एक हजार आठ सय ६७ दशमलव २१ विन्दुमा झरेको छ ।

आज अन्य, म्युचल फन्ड र बैंक समूहको शेयर सामान्य बढेको छ भने अरू समूहको शेयर सामान्य घटेको छ । कारोबार रकम भने आज बढेको छ । दुई सय ४७ वटा कम्पनीकाे ३१ लाख ११ हजार कित्ता शेयर एक अर्ब ११ करोड ९७ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १४ करोड ९९ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै आँधीखोला लघुवित्तको शेयर साढे सात प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशत तथा आदर्श लघुवित्त र कालिका पावरको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया