एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - सानिमा बैंक लिमिटेड र स्मल वर्ल्ड फाइनान्सियल सर्भिसेजबीच युरोप—नेपाल रेमिट्यान्स सेवा सम्झौता भइ सञ्चालनमा आएको छ । यस सम्झौताले युरोपका विभिन्न देशहरुबाट नेपालमा सहजै रेमिट्यान्स पठाउन सकिने छ ।
युरोपबाट रेमिट्यान्स पठाउन स्मल वर्ल्डको आधिकारिक वेबसाइट वा एपको प्रयोग गर्नुपर्ने हुन्छ । यस सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिट्यान्स सेवामार्फत् युरोपबाट पठाएको रकम नेपालभरि १६ हजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत् नगदमै भुक्तानी लिन सकिनेछ।
साथै, युरोपबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता लगायत कुनै पनि बैंकको खातामा २४सै घण्टा ३ सय ६५ दिन नै रियल टाइममा रकम जम्मा गर्न सकिने कम्पनीले जनाएकाे छ।
सानिमा बैंकको रेमिट्यान्समार्फत् यूएई, मलेसिया, कतार, बेलायत, सिंगापुर, दक्षिण कोरिया, अस्ट्रेलिया, अमेरिका लगायत विश्वभरिबाट रेमिट्यान्स सेवा दिँदै आइरहेको छ । साथै, सानिमा बैंकले आन्तरिक रेमिट्यान्स सेवा पनि दिँदै आइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।