सिद्धार्थ बैंकको २० औँ वार्षिकोत्सव सम्पन्न, नक्सालमा नवनिर्मित भवनकाे उद्घाटन

 पुष ११, २०७९ सोमबार १५:५४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १७ औँ वाणिज्य बैंकको रूपमा २०५९ साल आज (सोमवार) कै दिनमा स्थापित सिद्धार्थ बैंकले आज आफ्नो स्थापनाको २० औँ वर्ष पूरा गरेको छ । बैंक सञ्चालनको २० वर्ष पूरा भएको अवसरमा बैंकले काठमाण्डौको होटल सोल्टीमा नेपाल राष्ट्र बंैकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यतामा एक कार्यक्रम गरी सम्पन्न गरेको हो । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बंैकका डेपुटी गभर्नर मिश्रले बैंकको सबल पक्षहरूको उल्लेख गर्दै आउँदा दिनका लागि दिगो प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले बैंकको संक्षिप्त यात्राको वर्णन गर्र्दै धन्यवाद मन्तव्य दिनुभएको थियो ।  

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल, बैंकका संस्थापक अध्यक्ष चिरंजीलाल अग्रवाल, सञ्चालक समितिका सदस्य, संस्थापक तथा शेयरधन, प्रमुख कार्यकारी अधिकृतलगायतको सहभागिता रहेको थियो ।

बैंकले आफ्नो सञ्चालनको २० औँ वर्ष पूरा गरेको अवसरमा डिजिटल बैंकिङ प्रणालीतर्फ प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न प्रकारका छुट योजनासमेत सार्वजनिक गरेको छ । जसअन्तर्गत ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइट  मा प्राप्त गर्न सकिनेछ । 

बैंकले आफ्नो स्थापनाको २० औँ वार्षिकोत्सवको अवसर पारेर काठमाण्डौको नक्सालमा नवनिर्मित केन्द्रीय कार्यालय भवनको आज उद्घाटन गरेको छ । बैंकका संस्थापक अध्यक्ष अग्रवाल र वर्तमान अध्यक्ष केडियाले संयुक्तरूपमा भवनको उद्घाटन गर्नुभएको हो । 

यसैगरी बैंकले उद्घाटन समारोहमा बैंकमा १५ वर्ष वा त्योभन्दा बढी निरन्तर कार्यरत रही योगदान प्रदान गरेका कर्मचारीलाई पनि सम्मान गरेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया