शेयर बजारमा हरियाली, नेप्से ५९ अङ्कले बढ्दा ३ अर्ब ८८ कराेड रुपैयाँकाे काराेबार

 पुष १२, २०७९ मंगलबार १५:१९:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ सरकार गठन भएसँगै बढ्न थालेको शेयर बजार आज मङ्गलवार दोस्रो दिन पनि उच्च अङ्कले बढेको छ । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन हिजो साेमवार ५६ दशमलव ८८ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार ५९ दशमलव ८७ अङ्कले बढेर एक हजार नाै सय ८३ दशमलव ९५ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज बीमा, होटल तथा पर्यटन र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । बजारसँगै कारोबार रकम पनि बढेको छ । आज दुई सय ६१ वटा कम्पनीका एक करोड २० लाख कित्ता शेयर तीन अर्ब ८८ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै लक्ष्मी बैंकको २० करोड नाै लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज सिद्धार्थ इन्सुरेन्स, मल्टिपर्पोज फाइनान्स, अजोड इन्सुरेन्स, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रशितले बढेको छ । अरू चार वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरै र चार वटा कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार हरियाली भए पनि आँधीखोला लघुवित्त वित्तीय संस्थाको शेयर दुई प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया