एनपीएलको लागि टिकट मूल्य, तीन सयदेखि एक हजार रुपैयाँसम्म
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको छ ।
महासङ्घले देशकाे ४४ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिनुभएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आज मङ्गलवार विज्ञप्तिमार्फत बधाई तथा शुभकामना दिँदै नयाँ सरकारबाट देशको सङ्कटग्रस्त अर्थतन्त्र सुधार हुने विश्वास लिएको हो ।
महासङ्घका अध्यक्ष कुमार कार्कीले नयाँ सरकारको गठनसँगै देशको आर्थिक विकासले गति लिने र देशमा रोजगारीको अवसर वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । महासङ्घले राजनीतिक स्थायित्वका लागि सरकारमा आबद्ध साथै प्रतिपक्षमा रहने राजनीतिक दलहरू एकताबद्ध भएर राष्ट्र निर्माण गर्न सरकार सफल रहोस् भन्ने कामनासमेत गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।