नेपाल बैंक र सिद्धि पोली प्याथ ल्याबबीच सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार आज बिहीवार उच्च अङ्कले घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव शून्य चार अङ्कले घटेर दुई हजार एक सय ४९ दशमलव ३९ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, माइक्रोफाइनान्स र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
बजार घटेकाे दिन दुई सय ५२ वटा कम्पनीका एक करोड ४४ लाख ८२ हजार कित्ता शेयर पाँच अर्ब ४७ करोड ७६ लाख रुपैयाँमा कारोबार भएका छन् । समैभन्दा धेरै शिवम् सिमेन्टको २२ करोड र रिडी हाइड्रोको झन्डै १८ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालय एभरेष्ट इन्सुरेन्सको प्रमोटर शेयर १० प्रतिशत, गुराँस लघुवित्तको नौ प्रतिशत, कालिका पावरको साढे आठ प्रतिशत र बलेफी हाइड्रोको शेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि सिँगटी हाइड्रो र बाराही हाइड्रोको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।