बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै - आज देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । कर्णाली, गण्डकी र प्रदेश एकका पहाडी क्षेत्रमा मौसम बदली भएको हो । अहिले पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको छ । यी क्षेत्रमा पनि दिउँसो घाम लागेसँगै हुस्सु र कुहिरो हट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हुस्सु र कुहिरो लागेका ठाउँमा जनजीवन प्रभावित हुँदै आएको छ । पहाडी क्षेत्रमा मौसम आंशिक बदली तथा तराईका केही ठाउँमा मात्रै हुस्सु र कुहिरो लागेको र बाँकी अरु ठाउँको मौसम आज सफा नै छ । तत्कालका लागि वर्षा र हिमपातको सम्भावना नदेखिएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
काठमाण्डौ उपत्यकामा आज बिहान न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियस पुग्ने अनुमान छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।