शेयर बजार झन्डै ३३ अङ्कले बढ्यो, ३ अर्ब ७२ करोड रुपैयाँको कारोबार

 माघ ३, २०७९ मंगलबार १५:२२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ७२ अङ्कले बढेर दुई हजार एक सय ८२ दशमलव ११ विन्दुमा पुगेको छ ।

आज बैंकबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, माइक्रोफाइनान्स, विकास बैंक र होटल समूहको शेयर उच्च अङ्कले बढको छ ।

बजार बढेकाे दिन दुई सय ५० वटा कम्पनीका एक करोड १८ लाख ८३ हजार कित्ता शेयर तीन अर्ब ७२ करोड ४७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २३ करोड २५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज ग्रीन भेन्चर्स लिमिटेड, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । यस्तै घलेम्दी हाइड्रो, बलेफी हाइड्रो र हिमालयन हाइड्रोपावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया