म भित्रको जवाफदेही सरकारले 'जा' भनेका कारण प्रेमलाई भेटेँ : राज्यमन्त्री कार्की

 माघ १३, २०७९ शुक्रबार १४:१६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले आफ्नो मनले अन्तिम अवस्थामा भए पनि प्रेमप्रसाद आचार्यलाई भेट्नुपर्छ भनेका कारण अस्पतालमा पुगेर भेटेको स्पष्टीकरण दिनुभएको छ ।

गएको मङ्गलवार बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका आचार्यलाई अस्पतालमा भेट्न जाँदा स्वास्थ्य मापदण्ड पूरा नगरेको आरोप खेपिरहनुभएकी कार्कीले आफूले मापदण्ड उल्लङ्घनको कुनै काम नगरेको बताउनुभएको छ ।

फेसबुकमा स्टाटस लेख्दै मन्त्री कार्कीले भन्नुभएको छ ‘त्यो संवेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैँले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाइजरले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु । कसले भिडियो लिनुभएको थियो कृपया पूरा भिडियो छ भने हेर्नुहोला मैले बिरामी छुनुअघि र पछि दुवै पटक हातमा स्यानिटाइजर लगाएको छु ।’

उहाँले ८० प्रतिशत जलिसकेको मानिस बचाउन कुनै चमत्कार विना असम्भव रहेकोले सक्दो चाँडो उहाँसँग कुरा गर्न आफूले हतारमा भेटेको कार्कीको भनाइ छ । 

राज्यमन्त्री कार्कीको भनाइ यस्तो छ :

अन्तिम अपडेट: माघ २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया