हिउँ हराएको हिउँद
माघ २४, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा पार्किङको तत्काल व्यवस्था नगरे दरबारमार्ग विकास बोर्डले चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रवार बोर्डले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै काठमाण्डौ महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो ।
बोर्डले विगत लामो समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ ।
बोर्डसँग छलफल र संवाद नगरी पार्किङ हटाउने निर्णय बोर्डले नमान्ने जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका पूर्वअध्यक्ष गोपाल कक्षपतीले स्मार्ट पार्किङ राखेर व्यवस्थित रूपमा पार्किङ भइरहेको बेलामा महानगरपालिकाले एक्कासी बन्द गरेको बताउनु भयो ।
उहाँले महानगरले बोर्डसँग तत्काल छलफल गरेर पार्किङ व्यवस्था तत्काल गर्नुपर्ने बताउनु भयो साथै महानगरले एक्कासी पार्किङ हटाउँदा दरबारमार्गको रौनकता र आगन्तुकहरुप्रति पर्ने असुविधा र व्यापारमा पर्ने प्रभावको विषयमा नसोचेको आरोप लगाउनु भयो ।
महानगरले दरबारमार्गको रौनक, पर्यटकहरुलाई उचित सुविधा र विश्वसनीयता कायम राख्न तत्काल पार्किङ स्थललाई यथावत राख्न आग्रह गर्नुभयो । उहाँले महानगरले बोर्डको मागलाई सम्बोधन नगरे चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने पनि उहाँले बताउनु भयो ।
उहाँले महानगरले दरबारमार्ग क्षेत्रका पार्किङ हटाउँदा त्यस क्षेत्रको व्यापार ५० प्रतिशतले खुम्चिएको बताउनु भयो । उहाँले पार्किङ नहटाउँदा दरबारमार्गमा मात्र दैनिक १० देखि १२ करोडको व्यापार हुने गरेको बताउँदै अहिले ४/५ करोडमा सीमित हुन पुगेको र पार्किङ नहुँदा ग्राहक पनि आधाभन्दा बढी घटेको बताउँदै व्यवसायीको व्यापार मात्र नभइ सरकारको राजश्वसमेत घटेको बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।