नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डौ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष टिमको बन्द प्रशिक्षणमा २८ जना खेलाडी बोलाएको छ ।
क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत घरेलु मैदानमा हुने त्रिदेशीय एकदिवसीय सिरिजका लागि २८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको जनाएको छ । बलात्कारको आरोप लागेका सन्दीप लामिछाने भने बन्द प्रशिक्षणमा परेका छैनन् ।
त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नामिबिया र स्कटल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।
सिरिजको पहिलो खेलमा फेब्रुअरी १४ मा नेपालले नामिबियासँग खेल्नेछ । यस्तै नेपालले फेब्रुअरी १८ मा नामिबिया र २१ मा पुनः स्कटल्याण्डसँग खेल्नेछ ।
सिरिजमा नेपाल २४ खेलमा १८ अङ्कका साथ छैटौँ स्थानमा रहेको छ । स्कटल्याण्ड ३२ खेलमा ४६ अङ्कका साथ शीर्ष स्थानमा रहेको छ । नामिबिया ३० खेलमा ३७ अङ्कसहित तेस्रो स्थानमा छ ।
कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, आरिफ शेख, दीपेन्द्र सिहं ऐरी, सोमपाल कामी, करण केसी, गुलशन झा, शरद भेषवाकर, ललित नारायण राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, सूर्य तामाङ, अबिनाश बोहोरा, विवेक यादव, भिम सार्की, मौसम ढकाल, कुशल मल्ल, अनिल शाह, विक्रम सोब, भुवन कार्की र अंकित सुवेदी
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।