नेप्से सामान्य घट्याे, साढे ८ अर्ब रुपैयाँकाे शेयर काराेबार
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै – तेस्रो टाइगर कप अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि गण्डकी प्रदेशले जितेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा आज भएको खेलमा एपीएफ क्लबलाई ३–२ को सेटले हराउँदै गण्डकीले उपाधि जितेको हो । पहिलो सेटमा पराजित भएको गण्डकीले दोस्रो र तेस्रो सेट जित्यो ।
चौथो सेट एपीएफले जित्दा खेल २–२ सेटको रोमाञ्चक अवस्थामा पुग्यो । अन्तिम सेट १५–८ ले जित्दै गण्डकी उपाधि जित्न सफल भयो । उपाधिसँगै गण्डकीले पाँच लाख रुपैयाँ र उपविजेता बनेको एपीएफले साढे दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
यस प्रतियाेगिताकाे महिलातर्फको उपाधि भने सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । आजै भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै एपीएफले उपाधि जितेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।