हिउँ हराएको हिउँद
माघ २४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको छ ।
बुधवार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरूले किसानलाई मर्कामा पारेको भन्दै ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गर्नुभएको हो । उहाँले पछिल्लो समय सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालयमा पुगेर रोइरहेको गुनासाे गर्नुभयाे । उहाँले किसानहरूले बैंकको ऋणको दबाबमा अप्रिय निर्णय लिए सरकार जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सयौँको सङ्ख्यामा साना किसानहरू कृषि मन्त्रालय धाइरहेका छन् । उनीहरूले बैंकबाट ऋण लिएर कुखुरा फार्म चलाएका थिए । बर्डफ्लु न्यूनीकरण गर्ने नाममा सरकारले किसानको कुखुरा फार्म नस्ट गर्याे । नियमअनुसार यी किसानले पाउने क्षतिपूर्ति ५८ करोड रुपैयाँ छ । सरकार दिन्न भन्दैन, दिन्छु भन्छ तर दिँदैन । सरकारले किसानलाई झुलाउँछ । सरकारलाई भ्याइनभ्याइ छ । तर बैंकले किसानलाई समाउँछ । सरकारलाई मेराे प्रश्न छ– बैंकको ऋणले थिचिएका किसानले कुनै अप्रिय निर्णय नलिएसम्म कुर्ने हो ? अप्रिय निर्णय गरेपछि आँसु झार्दै छानबिन गर्न समिति बनाउने हो कि ? ऋणले थिचिएका किसानलाई जोगाउनका लागि दिने भनेर निर्णय गरेको पैसा दिने हो ?’
त्यस्तै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले पछिल्लो समय मानिसहरू आत्मदाह गर्ने बढेको भन्दै आत्मदाह तथा आत्महत्याको छानबिन गर्न उच्चस्तरिय न्यायिक समिति गठन गर्न माग गर्नुभयो । उहाँले मानिसहरूले सामान्य जीवन चलाउन समस्या भएको अवस्थामा न्यायिक समितिले जीवन चलायन सहज बनाउने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।