काेहलपुरमा विद्युतीय शवदाह गृह निर्माणका लागि ग्लाेबल आईएमईक...
मंसिर १२, २०८१ बुधबार
दक्षिण अफ्रिकाले रुस र चीनसँग एउटा संयुक्त सैन्य अभ्यासमा भाग लिने भएकाे छ । जलसैनिकहरूले गर्ने यो अभ्यास रुसले युक्रेनमाथि आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा हुन लागेको हाे ।
अमेरिकाले भने संयुक्त सैन्य अभ्यासको आलोचना गरेको छ । जलसेनाहरूको १० दिने संयुक्त अभ्यास फेब्रुअरी १७ तारिखदेखि दक्षिण अफ्रिकाको तट नजिकै हिन्द महासागरमा हुनेछ ।
दक्षिण अफ्रिकाको राष्ट्रिय डिफेन्स फोर्स (एसएएनडीएफ) ले उसको सशस्त्र बलका ३ सय ५० सदस्यहरू यो अभ्यासमा सहभागी हुने जनाएको बीबीसीले उल्लेख गरेको छ ।
रुसले जर्कन हाइपरसोनिक क्षेप्यास्त्रहरू बोक्ने एड्मिरल गोर्शकोभ नामक युद्धपोत पठाउने घोषणा गरेको छ ।
ती क्षेप्यास्त्रको वेग ध्वनिको भन्दा नौगुना बढी छ र तिनको मार हान्न सक्ने क्षमता एक हजार किलोमिटर परसम्म छ । सन् २०१९ मा तीनवटा देशले संयुक्त सैन्य अभ्यास गर्दा सातवटा जहाजहरू संलग्न थिए।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।