पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफको दुबईमा निधन

 माघ २२, २०७९ आइतबार १३:१६:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानका पूर्व सैन्य राष्ट्रपति एवम् सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको निधन भएको भएको छ । सैन्य 'कू' बाट शक्तिमा आएका ७९ वर्षका मुशर्रफको निधन भएको बीबीसीले जनाएको छ । केही समयदेखि बिरामी परेका मुशर्रफ यूएईकाे दुबईमा उपचाररत हुनुहुन्थ्यो ।

मुशर्रफको जन्म सन् १९४३ मा दिल्लीमा भएकोमा १९४७ मा भारतको विभाजनपछि उहाँका अभिभावकहरू पाकिस्तानमा बसाइँ सरेका थिए ।

सन् १९९८ मा सेना प्रमुख नियुक्त भएका मुशर्रफले त्यसको एक वर्षपछि देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाउनुभएको थियो । सन् २००८ को संसदीय चुनावमा आफ्नो पार्टी पराजय भएपछि महाभियोग छल्न मुशर्रफले राजीनामा दिएर देश छाड्नुभएको थियो ।

सन् २०१३ को मार्चमा चुनाव लड्न भन्दै पाकिस्तान फर्किएका मुशर्रफ पक्राउ पर्नुभयो भने उहाँको दल अल पाकिस्तान मुस्लिम लिगले नराम्रो पराजय बेर्होर्‍याे । त्यसपछि अदालती मुद्दामा जोडिएका मुशर्रफलाई राजद्रोहमा दोषी ठहर्‍याएर मृत्युदण्ड तोकियो । तर त्यो सजाय कार्यान्वयन हुन सकेन । सन् १९९९ मा शक्ति हात पारेयता उहाँ कैयौँ हत्या प्रयासमा बच्न सफल हुनुभएको थियो । 

मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार केही महिना पहिले मुशर्रफले आफ्नो बाँकी जीवन आफ्नै देशमा बिताउने इच्छा व्यक्त गर्दै आफ्नो निजी वकिलमार्फत पाकिस्तानी सरकारलाई निवेदन दिनुभएको थियो । 'द एक्सप्रेस ट्रिब्युन' पत्रिकाका अनुसार पूर्वराष्ट्रपति जतिसक्दो चाँडो पाकिस्तान फर्कन चाहनुहुन्थ्यो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया