धुलिखेल क्षेत्रका क्षतिग्रस्त खानेपानी आयोजनालाई जर्मन सरकारले ...
पुस १९, २०८१ शुक्रबार
सर्लाही – हरिपुर नगरपालिकाको नीति तथा कार्यक्रम विरुद्ध उच्च अदालत जनकपुरमा रिट निवेदन दर्ता भएको छ ।
नगरपालिकाले म्याद गुजारेर असोज १५ गते नगर सभामा गरेकाले त्यसका विरुद्ध स्थानीय रेशम खड्का र प्रेमहरी श्रेष्ठले उच्च अदालत जनकपुरमा संयुक्त रिट निवेदन दर्ता गराउनु भएको हो।
नगरसभाले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम ल्याउदा स्थानीय सरकार संचालन एेन २०७४ को परिच्छेद- १० को ७१ अनुसार नल्याएकोले त्यसको लागि कानुनी उपचार खोज्न अदालत जानु परेको खड्काले बताउनुभयो। जारी मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत जनकपुरका न्यायाधीश राजेश्वर तिवारीको ईजालसले हरिपुर नगरपालिकाको नाममा परमादेश जारी गरेको छ।
जारि रिट निवेदनको सुनुवाइ कार्तिक २८ गते हुने भएको छ। नगरसभाले असारको १० गते भित्र नीति तथा कार्यक्रम ल्याउन नसक्दा यस वर्षको बजेट प्रभावित हुने र स्थानीय तहको कर संकलनमा समेत समस्या पर्ने देखिएको छ । समयमा नै आफूले पटक–पटक नगरपालिकाको नगरसभा गर्न खोज्दा कर्मचारीहरुले असहयोग गरेको कारण नगरसभा हुन नसकेको मेयर जमरुदीन मन्सुरले बताउनु भयो।
मेयर मन्सुरले आफूखुशी एकलौटी योजना ल्याउनका लागि ढिलो गरि नगरसभामा नीति तथा कार्यक्रम ल्याएको कार्यपालिका सदस्यहरुको भनाइ छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।