सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढ्यो
पुस ११, २०८१ बिहिबार
चीनले विश्व व्यवस्थालाई चुनौती दिएको र यसलाई गम्भीर रूपमा लिनुपर्ने बेलायतले जनाएको छ ।
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले विश्व अस्थिर भएको र यसबाट आफ्नो देशको सुरक्षा चुनौती बढेको भन्दै सुरक्षा क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिनुभएको छ । आउँदो दुई वर्षमा बेलायतको प्रतिरक्षा खर्च झन्डै पाँच अर्ब पाउन्ड बढ्ने प्रधानमन्त्री सुनकलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।
चीनले दिएको चुनौतीलाई बेलायत सरकारले गम्भीरताका साथ लिएको र देशका संवेदनशील क्षेत्रमा चिनियाँ लगानी रोक्न काम गरिरहेको पनि उहाँको भनाइ छ । साथै सुनकले अस्ट्रेलियालाई पारमाणविक शक्तिबाट सञ्चालन हुने पनडुब्बीहरू आपूर्ति गर्नेबारे अमेरिका र अस्ट्रेलियाका समकक्षीहरूसँग वार्ता समेत गर्नुभएको छ ।
सन् २०२१ मा इन्डो–प्यासिफिक क्षेत्रमा चिनियाँ सैन्य शक्तिविरुद्ध प्रतिरक्षा गर्ने संयुक्त प्रयासको एक अंशको रूपमा औकुस सम्झौता भएको थियो । सम्झौतामा बेलायत, अस्ट्रेलिया र अमेरिकाले सहमति जनाएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।