रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – आईएमई पे र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारबीच युनिमनीको 'सेन्ड मनी अनलाइन एन्ड विन बिग' क्याम्पेनमा प्रमोसन पार्टनरको रूपमा समझ्दारी भएको छ ।
'विन बिग क्याम्पियन' मा सेवाग्राहीले युनिमनी कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल 'www.unimoni.qa' मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफाेन १४ प्राे, पाँच जना सामसुङ ग्यालेक्सी एस २२ अल्ट्राका साथै ३० जनाले दुई ग्राम, चार ग्राम र आठ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नेछन् । याे क्याम्पेनको अवधि चैत १ देखि जेठ १ गतेसम्म गरी ६२ दिनका लागि लागू हुनेछ ।
यस क्याम्पेनसँगै युनिमनी एक्सचेन्ज कतारबाट आईएमई गर्दा आईएमई पे वालेटमा ५० रुपैयाँसम्मको बोनस सुविधा यथावत् नै रहनेछ । अनलाइन च्यानलहरूको प्रवर्धन गर्नका लागि तयार पारिएको यस क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछन् ।
आईएमई पे आइएमई ग्रुपद्वारा सञ्चालित, आईएमई लिमिटेड र आईएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित डिजिटल वालेट हाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।