ललितपुर मेयर कप महिला टी–२० क्रिकेट : एपीएफले मधेस प्रदेशलाई १० विकेटले हरायाे

 चैत ९, २०७९ बिहीबार १७:१५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियाेगितामा सशस्त्र प्रहरीकाे एपीएफ क्लबले मधेस प्रदेशलाई १० विकेटले हराएकाे छ ।

मधेसले दिएकाे ५९ रनकाे सामान्य लक्ष्य एपीएफले ७ ओभर ३ बलमा १ विकेट पनि नगुमाई ७५ बलअघि नै भेटायाे । एपीएफका लागि सीता राना मगरले नटआउट ४५ रन बनाइन् । यस्तै ज्याेति पाण्डे ८ रनमा नटआउट रहिन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे मधेस १९ ओभर ४ बलमा ५८ रनमा अलआउट भयाे । मधेसका लागि साना प्रवीनले सर्वाधिक २५ रन बनाइन् । बलिङतर्फ एपीएफकी साेनु खड्काले ४ र सीता राना मगरले ३ विकेट लिइन् ।

तेस्राे संस्करणकाे प्रतियाेगितामा आयाेजक ललितपुर मेयर्स–११ सहित सुदूरपश्चिम, सशस्त्र प्रहरीकाे एपीएफ क्लब, मधेस प्रदेश, कोशी प्रदेश गरी पाँच वटा टिमकाे सहभागिता छ ।

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया