'ए' डिभिजन लिगमा एपीएफ र सङ्कटा विजयी

 चैत २०, २०७९ सोमबार १७:३३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शहीद स्मारक लिग 'ए' डिभिजन  फुटबलमा आज साेमवार भएका खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र सङ्कटा क्लब विजयी भएका छन् ।

ललितपुरको च्यासलमा भएको खेलमा एपीएफले नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले हरायो  । एपीएफका लागि एडम डोम्बिया र सबिन गुरुङले गरे । यो जितसँगै एपीएफ १० अङ्कसहित तालिकाकाे पाँचाैँ स्थानमा उक्लिएको छ । पुलिसको भने यो पाँचाैँ हार हो । पुलिस १ अङ्कका साथ पुछारमा छ ।

यस्तै एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा संकटाले खुमलटार एफसीलाई १–० गोल अन्तरले हराएको छ । सङ्कटाका लागि खेलको २७ औँ मिनेटमा जुनियर अनगुनेले गोल गरे । सङ्कटा ९ अङ्कसहित छैटाैँ र खुमलटार ६ अङ्कसहित नवौँ स्थानमा छ । सहिद स्मारक ए डिभिजन लिग फुटबलको छैटौं चरणका खेल आजदेखि सुरु भएका हुन् ।

तस्बिर : एन्फा

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया