१९ वर्षमुनिकाे एशिया कप : श्रीलङ्काले नेपाललाई दियाे २ सय ३४...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - पछिल्लो समय लगातार ओरालो लागेको शेयर बजार आज भने सामान्य बढेको छ ।
शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव ३९ अंकले बढेर एक हजार ८ सय ७५ दशमलव शून्य सात बिन्दुमा पुगेको छ । आज उत्पादन र निर्जीवन बीमा बाहेक अरु समूहको शेयर सामान्य बढेको छ ।
बजार सामान्य बढे पनि कारोबार रकममा भने सुधार आएको छैन । २ सय ६२ वटा कम्पनीका २६ लाख दुई हजार कित्ता शेयर ८१ करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टकाे ६ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै कालीञ्चोक दर्शन लिमिटेडको शेयर १० प्रतिशत तथा लक्ष्मी लघुवित्तको शेयर ६ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरको शेयर साढे चार प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।