नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् ।
कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीडित किसानलाई दिनुपर्ने राहतमा समेत समस्या भएको उहाँले बताउनुभयो ।
कार्यालय प्रमुख डा ठाकुरले लेखापाल नभएकाले आर्थिक कारोबार गर्न समस्या भएको भन्दै प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई पत्र पठाएको पनि बताउनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।