छरिएका रकमहरू पुँजीको रूपमा जम्मा गरी अर्थतन्त्र चलायमान बनाउनुपर्छ : अध्यक्ष नेपाल

 चैत २४, २०७९ शुक्रबार १३:४१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विभिन्न ठाउँमा छरिएर रहेका साना–साना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके अर्थतन्त्रलाई चलायमान बनाउन थप सहज हुने बताउनुभएको छ ।

शुक्रवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले घरघरमा छरिएका साना–साना रकमहरू पुँजीको रूपमा जम्मा गर्नसके वर्तमान अर्थतन्त्रका केही समस्याको सम्बोधन हुने बताउनुभयो । उहाँले विदेशमा कमाएर पठाएको रकम र नेपालमा नै कमाएको रकम खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यकोषको वृद्धि हुने बताउनुभयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी चाहन्छौँ, घरघरमा छरिएका सानासाना रकमहरू पुँजीको रूपमा जम्मा भए हुन्थ्यो । हामी चाहन्छौँ, विदेशमा कमाएर नेपालमा पठाएको पैसाहरू उपभोग गरेर खर्च गर्नुभन्दा बढी पुँजीको रूपमा सञ्चय गर्नसके राज्यको कोषमा पनि वृद्धि हुन सक्थ्यो । लगानीमा उपयोग हुन सक्ने थियो । लगानीको निम्ति पैसाको अभाव हुने थिएन । किनभने थोपा थोपाले नै विशाल समुद्र बन्छ । थोपा थोपा रकम जम्मा गर्ने हो भने, मानिसहरूसँग छरिएर रहेका रकम जम्मा गर्ने हो भने त्यसको आकार ठूलो हुन्छ ।’ 

अध्यक्ष नेपालले मिटरब्याज पीडितलाई न्याय दिन सरकार अघि बढिसकेको उल्लेख गर्नुभयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया