उद्योग मन्त्रालयले चालु बजेट खर्च गर्न सकेन : मन्त्री रिजाल

 चैत २५, २०७९ शनिबार १२:४३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चालु आर्थिक वर्षमा अहिलेसम्म उद्योग मन्त्रालयको बजेट खर्च न्यून रहेको बताउनुभएको छ । 

शुक्रवार निर्यात व्यवसायी महासंघ नेपालको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री रिजालले उद्योग मन्त्रालय अन्य मन्त्रालयको तुलनामा चालु आर्थिक वर्षमा खर्च गर्ने मन्त्रालयहरुमा सबैभन्दा कमजोर बनेको बताउनु भयो । 

उहाँले निर्यात व्यवसायीहरुले देशको व्यापार घाटालाई कम गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै निर्यात व्यवसाय प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।

उहाँले नेपालका दुवै छिमेकी देशहरु ठूला रहेकाले दुवैसँग समान व्यवहार गरेर सम्हालिएर अघि बढ्न आवश्यक रहेको उहाँकाे भनाइ थियो । उहाँले निकट भविष्यमा नै प्रधानमन्त्री पुष्पकमल दाहाल भारत र चीन भ्रमणमा जाने तालिका रहेकाले दुई देशसँगको भेटपछि निर्यात प्रवद्र्धन झनै सहज हुने प्रतिवद्धता जनाउनु भयो ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया