नेपाल औषधि लिमिटेडले पायो अन्तर्राष्ट्रिय मान्यताको 'जीएमपी' प्...
माघ २२, २०८१ मंगलबार
खाेटाङ - खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा गरिएको सहभोजमा दलित र गैर–दलितलेसँगै बसेर सँगसँगै खाएका छन् ।
वडा कार्यालय र नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ लिकुवापोखरीको संयुक्त आयोजनामा हिजो सहभोज गरिएको हो ।
छुवाछुतमुक्त समाज निर्माणमा टेवा पुर्याउने उद्देश्यले दलित र गैर–दलितलाई एक ठाउँमा भेला गरेर सहभोजको आयोजना गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण सङ्घ लिकुवापोखरीले जनाएको छ ।
सहभोजमा खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईसहित स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
सहभोजमा दलित र गैर–दलित गरी १ सय ५० जना सहभागी थिए । गाउँपालिका अध्यक्ष राईले छुवाछुतमुक्त वडा र पालिका बनाउनका लागि आउँदो वर्ष आवश्यक योजना र कार्ययोजना बनाएर कार्यान्वयन गर्ने बताउनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।