खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ ।
मङ्गलवार राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपालका बैंक तथा वित्तीय संस्थाहरूको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो । उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैंक तथा वित्तीय संस्थामा जाेखिम नआउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालका बैंक तथा वित्तीय संस्थाहरू सुरक्षित छ । सानोतिनो धक्काले कतै अपेठेराे पर्ने अवस्था देख्दैनौँ । राष्ट्र बैंकको नीति प्रयोगका कारण यो अवस्था आएको छ । अर्थतन्त्रको वास्तविक क्षेत्रमा आएको शिथिलता समेतलाई हेर्दा अहिलेको अवस्थाले आउँदा दिनमा क्रमशः सुधार हुँदै जानेछ भन्ने अपेक्षा छ । यसका लागि उद्योगी व्यवसायी र बैंकर्सहरू उच्च मनोबलका साथ आफ्नो क्षेत्रमा अघि बढ्नुहुनेछ ।’
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरूमा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको दाबी गर्नुभयाे । उहाँले पछिल्लो समय बैंकहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो । उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, भुक्तानी कारोबारका लागि गरिएको सचेतना अभिवृद्धि, प्राेत्साहनले विद्युतीय भुक्तानी बढेको पनि बताउनुभयो ।
अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको उल्लेख गर्नुभयो । उहाँले फागुनदेखि कर्जाको ब्याजदर स्थिर भए पनि 'बेस रेट' घट्दो दरमा रहेको भन्दै ब्याजदर केही माथि रहेको बताउनुभयो । उहाँले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थमामा पुगेको र मुद्रास्फीति घट्दो क्रममा रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।