रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले एफसी खुमलटारलाई ७ गोल हानेको छ ।
एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा मङ्गलवार भएको खेलमा मच्छिन्द्रले खुमलटारलाई ७–३ गोलले हराएको हो । मच्छिन्द्रका हाफिज ओलावालेले ५ तथा विमल घर्तीमगर र विजय भुजेलले १/१ गोल गरे । ओलावाले यो सिजनको ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी पनि बनेका छन् । खुमलटारका ओलेमाउले २ र स्टेफिन विनोङले १ गोल गरे ।
जितसँगै मच्छिन्द्र ८ खेलमा १२ अङ्कसहित तालिकाकाे छैटाैँ स्थानमा पुगेको छ । खुमलटार उति नै खेलमा ७ अङ्कसहित दशौँ स्थानमा छ ।
आजै च्यासल मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबले जावलाखेल युथ क्लबलाई ३–१ गोलले हरायो । आर्मीका जिलेस्पीजंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले गोल गरे । जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए ।
जितसँगै आर्मी ८ खेलमा १२ अङ्कसहित तालिकाकाे पाँचौँ स्थानमा छ । जावलाखेल उति नै खेलमा १४ अङ्कसहित दोस्रो स्थानमा छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।