सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिको वार्ता भङ्ग

 चैत ३०, २०७९ बिहीबार १६:०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले सरकारी टोलीसँगको वार्ता भङ्ग गरेको छ । 

बिहीवार गृह मन्त्रालयमा भएको अन्तिम एवम् निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै समितिले सरकारले बनाएको टोलीसँगको वार्ता भङ्ग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ ।

पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरू दोहोर्‍याएकाे भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भङ्ग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताउनुभयो । 

प्रवक्ता नवीनले सङ्घर्ष समितिले राखेका छ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाउनुभयो ।

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Jageshwar kushwaha

    April 13, 2023, 11:34 p.m.

    हाम्रो देश नेपाल सान हो तर भर्स्ट नेता र तनासाह साहु को कारण देश बर्बाद हुने भयो हैन किन किसान को कोहि सुन्दैन

  •  0 Reply

तपाईको प्रतिक्रिया